logo bikalpa
१५ माघ २०७९, आईतवार
१५ माघ २०७९, आईतवार

न्यायाधीशको अडियो प्रकरणबारे छानबिन गर्न ४५ दिनको म्याद

cropped-bs-author.jpeg
bikalpa
प्रकाशित मिति:
१३ असार २०७९, सोमबार
Share it

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको ‍अडियो प्रकरणबारे छानबिन गर्न न्याय परिषदले समिति गठन गरेको छ।

न्याय परिषदका सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा न्याय परिषद्ले तीन सदस्यीय समिति गठन गरेको हो। समितिका सदस्यमा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनकै न्यायाधीश महेश शर्मा पौडेल रहेका छन्।

जाँचबुझ समितिलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

केही दिनअघि न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्ने विषयमा घुस मोलमोलाइ गरेको अडियो सार्वजनिक भएको थियो।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७ ७८५७५००८,+९७७ ९८६३८३१००४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक / प्रबन्ध निर्देशक : उर्मिला शर्मा

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram