काठमाडौँ – काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुलमा सोही स्कूलकी एक कर्मचारी मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीका अनुसार केएमसी स्कूलमा क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका- ८, मेच्छे स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी शनिबार बेलुका स्कुलमै झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार रायमाझी स्कूलभित्र होस्टेलको बेडमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
स्कूलमा मृत फेला परेकी उनका आफन्तले हत्याको आशंका गरी शव उठाउन मानेका छैनन्।रमा केएमसी स्कुलमा ५ वर्षदेखि कार्यरत् थिइन्।
हरेक दिन बिहान ७ बजे स्कूल गएर साँझ ७ बजे फर्किने गरेकी उनी शनिबार साँझ साढे ७ बजेसम्म पनि कोठामा नआएपछि परिवारले खोजी गरेका थिए। त्यस क्रममा उनी आफू कार्यरत विद्यालयकै होस्टेलभित्र मृत भेटिएकी हुन्।
शनिबार बेलुका नै घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली