काठमाडौँ- लैनचौरस्थित भारतीय राजदूतावासभित्र सोमबार बिहान एक सुरक्षा गार्डको मृत्यु भएको छ।
दूतावासभित्र ड्युटीमा रहेका दीपक सिंह नाम गरेका ती भारतीय सुरक्षा गार्डको मृत्यु भएको हो।
ती सुरक्षा गार्डले आफैँले आफैँलाई गोली हानेको प्रहरी स्रोतले जानकारी दिएको छ।
घटनाबारे दूतावासले नेपाल प्रहरीलाई जानकारी दिए पनि शवको व्यवस्थापन आफैँ गर्ने बताएको छ।
नेपाल प्रहरीका अधिकारीहरुले घटनाबारे विस्तृत जानकारी लिन दूतावास जान सकेका छैनन्।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली