logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

नाबालकले लगाउने कपडाको बटनभित्र १२५ ग्राम सुन ल्याउने एक यात्रु पक्राउ

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२० असार २०७९, सोमबार
Share it

काठमाडौँ- नाबालकले लगाउने कपडाको बटन नै सुनको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक यात्रु पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुमन दमाई नाम गरेका दुवईबाट काठमाण्डौं आएका यात्रु रहेको विमानस्थल प्रहरीले जनाएको छ।

सोमबार बिहान करिब ११ बजे दुवईबाट काठमाण्डौं आएका ति यात्रुले आफ्नो साथमा लिएर आएको लगेज चेकजाँच गर्ने क्रममा उक्त लगेजभित्र राखिएको नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाईछिपाई राखिएको ६० वटा सुनका रिङ् फेला परेको विमानस्थल भन्सार प्रवक्ता महेश भट्टराईले बताएका छन्।

मालवस्तु सहित सम्बन्धित यात्रुलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ।

नियन्त्रणमा लिएको सुनको तौल करिब १२५ ग्राम रहेको भट्टराईले बताएका छन्।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram