logo bikalpa
२७ जेष्ठ २०८०, शनिबार
२७ जेष्ठ २०८०, शनिबार

रामेछाप बस दुर्घटनाः मृतकको संख्या १२ पुग्यो

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२१ असार २०७९, मंगलवार
Share it

रामेछाप – रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। रामेछापबाट रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो।

‘बस दुर्घटनामा घटनास्थलमा नौ जनाको र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा थप तीन जनाको मृत्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु ढकालले जानकारी दिए।

उनका अनुसार मृतकको पहिचान भइसकेको छैन। मृत्यु हुनेमा सात जना पुरुष र पाँच जना महिला रहेका प्रहरी निरीक्षक ढकालले बताए।
दुर्घटनामा घाइते भएका २२ जनाको काभ्रेमा उपचार भइरहेको छ। धुलिखेलमा २१ जना र बनेपामा एक जना घाइतेको उपचार भइरहेको जानकारी दिएका ढकालले हेलिकप्टरबाट उद्धार गरिएका तीन जनाको कहाँ उपचार भइरहेको भन्ने एकीन नभएको जानकारी दिए।

‘तीन जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको थियो। उनीहरुको कहाँ उपचार भइरहेको छ, एकीन भएको छैन,’ उनले भने, काभ्रेमा उपचार भएका २२ जनामध्येमा छन् कि अन्त कतै लगिएको र उपचार भइरहेको छ, खुल्न बाँकी छ।’

रामेछापको हिलेदेवीबाट छुटेको सो बस मंगलबार बिहान सवा १० बजे लुभुघाटमा दुर्घटनामा परेको थियो। दुर्घटनाको कारण पत्ता नलगाए पनि मोडमा कटाउन नसक्दा दुर्घटना भयो कि भन्ने अनुमान गरिएको निरीक्षक ढकालले बताए।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram