logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

१४ दिनमै पासपोर्ट मगाइदिने भन्दै २५ सय ठगी गर्ने पाँच जना पक्राउ

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
८ श्रावण २०७९, आईतवार
Share it

वीरगञ्ज – पर्सा प्रहरीले १४ दिनमै पासपोर्ट मगाइदिने भन्दै ठगी गरेको आरोपमा वीरगञ्जबाट पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीले ठगीको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर-९ रानीघाट बस्ने फ्रेस फोटो स्टुडियोको सञ्चालक सदाम हुसेन, स्टुडियोमा काम गर्ने वडा नम्बर-१० का फैयाज आलम, वडा नम्बर २४ बस्ने गणेश मोबाइल पसल सञ्चालक संजित गुप्ता, वडा नम्बर ९ रानीघाट बस्ने चन्दन मोबाइल सेन्टरका सञ्चालक कुन्दन यादव, सोही स्थानका गढीमाई स्टुडियोका सञ्चालक प्रदीप साहलाई पक्राउ गरेको हो।

जिल्ला प्रशासन कार्यालयको गेटमा रहेको फ्रेस फोटो स्टुडियोको सञ्चालक हुसेनले धोबिनी गाउँपालिका-१ बस्ने सागिर आलमसँग राहदानी फारम भर्नको लागि सोको फारम चार्ज दुई सय र राहदानी १४ दिन भित्र मगाई दिन्छु भनि २५ सय लिएका थिए।

आफूसँग स्टुडियो सञ्चालकले पैसा लिएको भनि आलमले प्रहरीलाई जानकारी गराएपछि अनुसनधानको क्रममा हुसेनसहित पाँच जनालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहलाद कार्कीले जानकारी दिए।

पक्राउ परेका पाँचैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको कार्कीले बताए।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram