logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

पहिरोकाे जोखिममा महत बस्ती

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१० श्रावण २०७९, मंगलवार
Share it

बनेपा – काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका-१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ।

आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ।

भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले वर्षाका कारण वडा नं १ को सापिङस्थित महत बस्तीको करिब १२-१४ घरधुरी जोखिममा परेको जानकारी दिए। ‘बस्ती नजिकै पहिरो गएका कारण त्यसको असरले नजिकैका घर तथा शौचालय भएको ठाउँमा नै धाँजा फाट्दै गएकाले जोखिममा परेको छ’, उनले भने,’त्यस्तो अवस्थामा त्यहाँका बासिन्दा घरमा बस्न सक्ने अवस्थामा छैनन्।’

बस्ती अन्यत्र सार्न आवश्यक देखिएकाले विकल्प खोज्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए।

वर्षाकै कारण भुम्लु-१ स्थित कालीदेवी प्राथमिक विद्यालयको भवन माथिबाट खसेको पहिराले पुरिएर क्षति पुगेको छ भने वडा नं ६ कोलातीस्थित जनता माध्यमिक विद्यालयको भवन छेउ भासिएको छ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram