logo bikalpa
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

यसरी हेर्न सकिन्छ एसईईको नजिता

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
११ श्रावण २०७९, बुधबार
Share it

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो।

यसैबीच एसईईको नतिजा हेर्न नेपाल टेलिकमले पनि विभिन्न माध्यमबाट व्यवस्था गरेको छ। सो परीक्षाको परीक्षाफल फोन गरेर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ।

नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशन पालना गरी नतिजा थाहा पाउन सकिने छ।

यस्तै मोबाइलको म्यासेज बक्समा SEE लेखेर स्पेस (Space) छाडेर अल्फाबेटसहितको सिम्बल नम्बर (SEE <Space˃ ˂Symbol number with alphabet˃) टाइप गरी १६०० मा पठाएर पनि नतिजा थाहा पाउन सकिनेछ।

यस्तै नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram