धनगढी – सुदूरपश्चिम प्रदेशमा एकैदिन थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतमा कोरोना दर बढेसँगै सीमा जोडिएको सुदूरपश्चिममा पनि धमाधम संक्रमित फेला पर्न थालेका छन्।
आइतबार मात्रै प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा ४७३ जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको छ।
कञ्चनपुरमा २१, कैलालीमा ९ र बैतडीमा २ जनामा कोरोना संक्रमण देखिएको हो।
धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा पनि कोरोना संक्रमितको उपचार भइरहेको छ। प्रदेशमा दैनिक संक्रमितको संख्या बढिरहेको छ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली