logo bikalpa
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

मिटरब्याजीविरूद्ध कडा कदम चाल्ने मधेसका मुख्यमन्त्री राउतको प्रतिबद्धता

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१५ श्रावण २०७९, आईतवार
Share it

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटरव्याजी विरूद्ध कडा कदम चाल्ने बताएका छन्। मिटर व्याजबाट पीडित बनेकाहरुले विभिन्न सात बुँदे माग राख्दै आइतवार मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएका हुन्।

उनीहरुले मिटर व्याजीलाई कारवाही गर, पीडितको जफत गरिएको सम्पति फिर्ता गर, मिटर व्याजीको सम्पति छानविन गर, तमसुक व्यवस्था खारेज गर, सहुलियत दरमा ऋणको व्यवस्था गर लगायतका ७ वटा मागसहित मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाएका हुन् ।

मिटर व्याज विरूद्ध संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले मिटरव्याजीहरूबाट पीडितहरूको पक्षमा प्रदेश सरकार गम्भीर रहेको बताए । उनले यसका लागि उनीहरु विरूद्ध कडा कदम चाल्ने आश्वासन दिए ।

मिटर व्याज सरकारको लागि ठूलो चुनौती बन्दै गएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले समाजको विकृतिको रूपमा रहेका मिटरव्याजीहरूलाई कानूनको दायरा भित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

मुख्यमन्त्री राउतले प्रहरी प्रशासन प्रदेश मातहत नहुदाँ ठोस कदम चाल्न नसकिएको बताए। उनले सम्बन्धित ठाउँहरूमा आवाज उठाउँदै आएको भन्दै चाँडै समस्या समाधान हुने बताए।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram