logo bikalpa
१५ माघ २०७९, आईतवार
१५ माघ २०७९, आईतवार

भारतमा मंकीपक्स संक्रमणबाट एक जनाको मृत्यु

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
१६ श्रावण २०७९, सोमबार
Share it

काठमाडौँ – भारतको केरलमा मंकीपक्सका कारण एक जनाको मृत्यु भएको छ।

शनिबार मृत्यु भएका युवकलाई मंकीपक्सको पश्चिम अफ्रिकी भेरिएन्ट संक्रमण भएको केरलाको स्वास्थ्य विभागले जनाएको छ।

भारतमा मंकीपक्सबाट पहिलो मृत्यु भएको बताइएको छ। केरलकी स्वास्थ्यमन्त्री बिना जर्जले २२ वर्षीय युवकको मृत्यु भएको जानकारी दएकी छन्। ती युवक यूएईबाट भारत आएको उनले जानकारी दिएकी छन्।

उनलाई मंकीपक्स संक्रमण देखिएपछि केरलकै एक निजी अस्पतालमा भर्ना भएको थियो।

मृतकको परिवार सदस्यहरूका अनुसार उनी यूएईको रास अल खइमाहमा कार्यरत थिए। साथै उनी जुलाइ २२ मा आफ्नो घर आइपुगेका थिए।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७ ७८५७५००८,+९७७ ९८६३८३१००४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक / प्रबन्ध निर्देशक : उर्मिला शर्मा

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram