logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

बोर्ड बैठकका लागि क्रिकेट संघका पदाधिकारी पोखरामा

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१७ माघ २०७९, मंगलवार
Share it

अनलाइनखबर - १७ माघ, पोखरा । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकका लागि पदाधिकारीहरु पोखरा आइपुगेका छन् ।

बोर्ड बैठक १२ बजेदेखि लेकसाइडस्थित एक होटलमा सुरू हुने क्यानका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा, नेपाल टी-२० लिग आयोजनाका लागि सेभेन थ्री स्पोर्टससँग भएको सम्झौता तथा टी-२० लिगमा भएको विवाद लगायतबारेमा बैठकमा छलफल हुने छ ।

‘मुख्य एजेन्डा यिनै हुन् । तर, यसबाहेक आजको बैठकमा विभिन्न १०-१२ वटा जति एजेन्डामा छलफल हुने भन्नेछ,’ ती सदस्यले भने ।

काठमाडौं देखि पोखरा आएको क्यान पदाधिकारीले मंगलबार बिहान पोखरा रंगशालास्थित क्रिकेट मैदानको अवलोकन पनि गरेका छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram