खगेन्द्र पराजुली,
नवलपुर, माघ २२ ।
पूर्वपश्चिम राजमार्गस्थित मध्यविन्दु र कावासोतीबाट एक युवती सहित ४ जना लागु औषध सहित पक्राउ परेका छन् । सडक सुरक्षा चेकजाँचमा खटिएको प्रहरी टोलीले शनिवार मध्यविन्दु १४ स्थित चोरमाराबाट १ जना र कावासोती १६ चालिसकिलो क्षेत्रबाट १ युवतीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।
मध्यविन्दुबाट पक्राउ परेका पोखरा महानगरपालिका वडा नं. १९ का २५ बर्षका आशिष हिताङको साथवाट प्रहरीले फेनरागन, डाईजेपाम र नुर्फिन १६१ एम्पुलका दरले ४८३ एम्पुल लागुऔषध नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
यस्तै, कावासोतीबाट पक्राउ पर्नेमा गैंडाकोट नगरपालिका वडा नंं १० की २९ बर्षकी विनिता रोका मगर सोही ठाउँका २९ बर्षका सन्देश श्रेष्ठ र ३३ बर्षका सुञ्जल उपाध्याय छन् । उनीहरुको साथबाट प्रहरीले डाइजेपाम, नुर्फिन र फेनरागन १०२ एम्पुलका दरले ३०६ एम्पुल आगुऔषध र प्रयोग भएका ३ र प्रयोग नभएका ३ सिरिञ्ज वरामद गरेको जनाईएको छ ।
पक्राउ परेका चारै जना पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको वसमा सवार थिए ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली