logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

कावासोती ५ मा किशोरी अधिकार संरक्षण सम्वन्धि चर्चा

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२४ माघ २०७९, मंगलवार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, माघ २४ ।
कावासोती नगरपालिका वडा नं ५ मा वडास्तरिय किशोरी अधिकार संरक्षण सम्वन्धि सरोकारवालाहरुसँग छलफल कार्यक्रम भएको छ ।
वडाध्यक्ष निरजकुमार पुनको अध्यक्षतामा भएको कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि टोल बिकास, आमा समुह विद्यालय, वन समुह लगायतका सामाजिक संघसंस्थाका प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधादेवी बोटेले कार्यक्रमको औचित्यमाथी सहजीकरण गरेकी थिईन् ।
कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रम, कार्यक्रमको उदेश्य र कार्यक्रम को विषयवस्तुहरु र अहिले भैरहेका गतिविधिहरुको बारेमा जानकारी दिँदै कार्यक्रम संचालन गर्नु भएको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख विन्दु वि.कले नवलपुरमा महिला बालवालिकासँग सम्वन्धित हिंशा तथा दुर्ब्यवहारका घटना तथा मुद्धाका विषय र अवस्थाका बारेमा तथ्याङ्क प्रस्तुत गर्दै यसको न्यूनीकरणमा नागरिक, सामाजिक संघसंस्था र समाज र अभिभावक समेतले अवलम्वन गर्नुपर्ने विषयमा बोलेकी थिईन् ।

सामुदायिक सेवा केन्द्र नवलपुरका अध्यक्ष नारायणी भट्टराईले हिंसा सहदा आपराधिक मानसिकता र प्रवृति मौलाउने भएकाले प्रतिकार गर्नुपर्नेमा जोड दिईन् ।

अझै पनि समाजमा फरक फरक सामाजिक बिकृति विद्यमान रहेको स्वीकार्दै वडालाई बिकृति–विसंगति र हिंसा दुर्ब्यवहारमुक्त बनाउन नागरिक तहमै सचेत हुन जरुरी रहेको वडाध्यक्ष पुनको भनाई थियो ।

वडाध्यक्ष पुनले कानुनलाई अझ कडाइका साथ लागू गर्ने र अभिभावक अभिभावक समेतले आफ्ना बाबु–नानीका गतिविधिलाई नजिकबाट नियाल्दै आफैंमा जागरण ल्याउन आवश्यक रहेको औल्याए ।

कावासोती नगरपालिकाका १७ वटै वडामा क्रमिक रुपमा चलिरहेको कार्यक्रमले किशोरी शशक्तिकरणमा कोशेढुँगा सावित हुने अपेक्षा लिईएको जागृति बाल तथा सरोकार नेपालका महासचिव दीपक शर्मा बताउछन् ।

४२ जना सहभागी उपस्थित कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपाल र क्यान्नलानको आयोजना र वडा कार्यालयको समन्वयमा भएको हो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram