खगेन्द्र पराजुली,
नवलपुर, माघ २५ ।
विष सेवनका कारण गैडाकोटकी एक किशोरीको अवस्था गम्भीर छ । गैडाकोट नगरपालिका वडा न. १६ वस्ने कृष्ण रानाभाटको १७ वर्षीया छोरी कृतिका रानाभाट गम्भीर विरामी भएकी हुन ।
कृतिकाले तोरी खेतीमा प्रयोग गरिने क्लोरटाइरिफोस ५० र साईपरमेर्थिन ५ नामक विषादी सेवन गरेको इलाका प्रहरी कार्यलय गैडाकोटले जनाएको छ ।
मंगलवार राती ११ बजे विष सेवन गरेकी कृतिकालाई परिवारले उपचारका लागि भरतपुर स्थित मनकामना अस्पताल पुर्याएका थिए ।
गम्भीर अवस्थामा अस्पतालमा उपचाररत उनको अवस्था अहिले पनि गम्भीर रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली