यसअघि जिल्लाका २ वटा क्याम्पसमा मात्रै स्ववियू निर्वाचन भएको तर अन्य क्याम्पसमा स्ववियू स्थापित हुन नसक्दा ति शैक्षिक संस्थामा विद्यार्थी हकहितका सवालमा हुनुपर्ने सन्दर्भहरु उठ्न नसक्दा विद्यार्थीका समस्याले प्राथमिकता नपाउने गरेको विद्यार्थी नेताहरुको भनाई छ ।
पहिलो चरणमा स्ववियू निर्वाचन माग गरिएका क्याम्पसमा ध्यानाकर्षण गराउने र निर्वाचन प्रक्रियाको सम्वन्धन लिन आग्रह गरिने नेपाल विद्यार्थी संघ नवलपुरका अध्यक्ष हरि सुवेदीले बताए ।
स्ववियू सवै विद्यार्थीको साझा संस्था भएकाले जिल्लामा क्रियाशील सवै विद्यार्थी संगठन एउटै मञ्चमा उभिएर साझा धारणा वनाईएको नेविसंघका सुदिप चापागाईले स्पष्ट पारे ।
कोरोना महामारी लगायत विभिन्न कारणले लामो समयसम्म निर्वाचन नभएर रिक्त बन्दा विद्यार्थीका साझा मुद्धा ओझेलमा परेको वताउँदै स्ववियू निर्वाचनको घोषणापछि विद्यार्थी संगठन र विद्यार्थी वर्ग समेत उत्साहित बनेका अनेरास्ववियु जिल्ला कार्यवाहक अध्यक्ष सुगम सापकोटाको भनाई थियो ।
अनेरास्ववियू जिल्ला अध्यक्ष मदन गिरीले पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति बाचन गर्ने क्रममा गैंडाकोटका जनक कलेज, एसपिएम कलेज, कालिका संस्कृत विद्यापीठ, नमूना कलेज, देवचुलीका देवचुली कलेज र जनज्योति कलेज, कावासोतीका कुमारवर्ती बहुमुखी कलेज, मध्यविन्दु बहुमुखी कलेज, मध्यविन्दुका नवजागरण बहुमुखी क्याम्पस र अरुणखोला बहुमुखी क्याम्पसमा स्ववियस् निर्वाचन हुनुपर्ने संयुक्त विद्यार्थी संगठनहरुको माग रहेको उल्लेख गरेका छन् ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली