logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

नेविसंघ कावासोतीद्वारा नगरपालिकामा ध्यानाकर्षण

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२५ माघ २०७९, बुधबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, माघ २५ ।
नेपाल विद्यार्थी संघ कावासोती नगर कार्यसमितिले कावासोती नगरपालिको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगर प्रमुख विष्णुप्रसाद भुसाल समक्ष बुधवार एक टोलीले प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा अनुपस्थित हुँदा सेवाग्राही प्रभावित भएका सम्वन्धमा ध्यानाकर्षण गराएको नेविसंघ कावासोतीका सह–संयोजक पवन भुर्तेलले जनाएका छन् ।

नगर प्रमुख भुसालको कार्यकक्षमा नेविसंघ कावासोतीले बुझाएको पत्रमा प्रमुख प्रशासकीय अधिकृत पटक पटक कार्यालयमा अनुपस्थित हुँदा सेवा लिन आउने जनताले सास्ती भोग्नुपरेको उल्लेख छ । विज्ञप्तिमा जनताबाट निर्वाचित स्थानीय सरकारले जनताको काम सहज र चुस्त तरीकाले गर्नुको सट्टा आफ्नो जिम्मेवारीबाट पन्छिएर समस्या समाधानको पहल नगरी नगरवासी सेवाग्राहीलाई दुख दिईरहेको आरोप छ ।

आफ्ना सामान्य काम गर्न पनि धेरै पटक नगरपालिका धाउनुपरेको र यस्ता समस्याका बावजुत नगरपालिका मौन रहनु गम्भीर लापर्वाही भएको संगठनको धारण रहेको उल्लेख छ ।

नेविसंघ कावासोती सभापति कुमार क्षेत्रीद्धारा हस्ताक्षरित ध्यानाकर्षण सहितको विज्ञप्तिमा समस्या समाधान र सेवाग्राहीमैत्री नगरपालिका बनाउन नगर प्रमुख समक्ष आग्रह गरिएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram