logo bikalpa
६ चैत्र २०७९, सोमबार
६ चैत्र २०७९, सोमबार

गैंडाकोटमा मोटरको ठक्करबाट महिलाको मृत्यु, मोटर र चालक फरार

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२६ माघ २०७९, बिहीबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, माघ २६ ।
सडक दुर्घटनामा परेकी पैदलयात्रु एक महिलाको मृत्यु भएको छ । बुधवार राती पूर्वपश्चिम मुख्यमार्गस्थित गैंडाकोट १० पितौजीको शसस्त्र क्याम्प नजिक मोटरको ठक्करबाट स्थानीय अन्दाजी ५०–५५ वर्षकी सन्तमाया बोटेको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

गएराती करिव पौने १० बजेतिर पैदल हिडेकी बोटेलाई ठक्कर दिएको साधन प्रहरीले फेला पार्न सकेको छैन । स्थानीयले सडकमा महिला घाईते अवस्थामा रहेको फोनमार्फत जानकारी गराएपछि प्रहरीले उद्धार गरी अस्पताल पठाएकोमा भरपुर सरकारी अस्पतालले राती नै मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरको खोजतलासका लागि जिल्लाभित्रका विभिन्न स्थानमा चेकप्वाईन्ट राखी अनुसन्धानमा प्रहरी सक्रिय रहेको जनाईएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक / सम्पादक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram