खगेन्द्र पराजुली,
नवलपुर, माघ २६ ।
कावासोतीका २६ बर्षे युवकले विष सेवन गर्दा विरामी परेका छन् । वडा नं. ११ लोकाहाका किरण महतोले तोरीमा छर्कने किलर नामक विषादी सेवन गरी विरामी परेका हुन् ।
बुधवार राती आफ्नै घरको सुत्ने कोठामा विष खाएका उनको अहिले नारायणीसामुदायिक अस्पताल भरतपुरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पछिल्ला ३ दिनमा दैनिक एक जनाले विष सेवन गर्दा विरामी भई उपचार गराएका जिल्ला प्रहरी कार्यालयको विवरणमा छ । सोमवार कावासोतीका तीन बर्षका बालकले झुुक्किएर, मंगलवार गैंडाकीटकी एक किशोरीले र बुधवार कावासोतीका एक युवक विषादी सेवनका कारण विरामी परेका हुन् ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली