देवचुली, माघ २७ ।
तेस्रो देवचुली मेयरकप नकआउट फुटबल प्रतियोगिताको फाईनल प्रतिस्पर्धामा वडा नं. ११ र १७ पुगेका छन् ।
माघ १७ गतेदेखि सञ्चालित प्रतियोगिताको फाईनल प्रतिस्पर्धा भोलि शनिवार दिउँसो २ वजे हुनेछ ।
वडा नं १ र वडा नं १७ बिच भएको सेमिफाईनलमा १७ ले १ लाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने वडा नं ११ ले १५ लाई २–० ले हराउँदै फाईनल प्रवेशको यात्रा तय गरेको हो ।
देवचुली १६ रजहरमा रहेको देवचुली माविको खुल्ला मैदानमा प्रतियोगिता चलेको छ ।
प्रतियोगिताको विजेता टिमले ८१ हजार र उपविजेता समूहले ४१ हजार रुपैया राशी सहित प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछन् भने सेमिफाइनलमा पुगेका तर फाईनल यात्रामा रोकिएका वडा नं. १५ र १ दुई टिमले प्रोत्साहन स्वरुप ५ हजार ५ सय रुपैंया पाउनेछन् ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली