खगेन्द्र पराजुली,
कावासोती, माघ २७ ।
कावासोतीमा भोलि शनिवारदेखि पाँचौ मेयर कप खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राण्ट्रका लागि खेलकुल भन्ने आदर्श वाक्यका साथ कावासोती नगरपालिका वडा नं. ४ चिलाहास्थित सिसौघारी खेल मैदानमा प्रतियोगिता हुदैछ ।
कावासोती नगरपालिकाका १७ वटै वडाबाट १७ समूहले भाग लिने मेयर कप प्रतियोगिताको पूर्व तयारी पूरा भएको सह आयोजक नवज्योति युवा क्लवका अध्यक्ष शुसिल पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार प्रतिनिधि सभाका पूर्व सदस्य तिलक महतको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन कार्यक्रम रहेको छ । उद्घाटन खेल कावासोती नगरपालिका वडा नं. १२ र १६ बीच हुने जनाईएको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः ८० हजार र ५० हजार रुपैया राशी पुरस्कार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सेमिफाइनलमा पुगेका तर फाईनल यात्रामा रोकिएका दुई टिमले प्रोत्साहन स्वरुप १५ हजार रुपैंया राशी पुरस्कार ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
शनिवार दिउँसो १ बजे उद्घाटन भई सुरु हुने प्रतियोगिता फागुन ९ गतेसम्म चल्नेछ । प्रतियोगिताको आयोजना कावासोती नगरपालिकाले गरेको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली