logo bikalpa
१६ आश्विन २०८०, मंगलवार
१६ आश्विन २०८०, मंगलवार

कावासोतीमा संघीयताका सवालमा अन्तरक्रियाः दलका प्रतिनिधिको दोधारे प्रतिक्रिया

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२८ माघ २०७९, शनिबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर माघ २८ ।
राष्ट्रिय जनमोर्चा नेपाल नवलपुरले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले संघीयताको सन्दर्भमा फरक तथा दोधारे टिप्पणी गरेका छन् ।
गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं संघीयता खारेज गरौं भन्ने विषयमा कावासोतीम आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनैतिक दलका जिल्ला तहका नेताहरुले पार्टी र आफ्ना धारणा राख्ने क्रममा भिन्न–भिन्न प्रतिक्रिया दिएका थिए ।
अन्तरक्रियामा विकल्प पत्रिकाका सम्पादक जनकलाल तिवारीद्धारा प्रस्तुत आधार पत्रमा राजनैतिक दलका प्रतिनिधिले टिप्पणी गरेका थिए । तिवारीले प्रस्तुत गरेको आधार पत्रमा गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गर्दै संघीयता खारेज गर्नुपर्ने कारण र औचित्यको विषय उठान गरिएको थियो ।
अन्तरक्रियामा नेकपा एमालेका भोजराज दाहाल, नेपाली काँग्रेसका झपेन्द्रश्वर भुसाल, नेपाल समाजवादी पार्टीका कृष्णप्रसाद गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका गुणाखर काफ्ले, एकिकृत समाजवादीका शालिकराम भटराई लगायतले धारणा राखेका थिए । एउटै मञ्चमा बोलेका जिल्ला तहका नेताहरुको साझा धारणा भने जनमोर्चाले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रम अहिलेको सन्दर्भमा वहस र छलफलका दृष्टिकोणले निकै सकारात्मक रहेको बताए ।
नेकपा एमाले जिल्ला कमिटिका सदस्य भोजराज दाहालले अन्तरक्रियाको शिर्षकमा रहेको गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको संरक्षण गर्ने कुरामा एकाध दलबाहेक अरुमा खासै मतभेद नभएपनि संघीयताका विषयमा भने वहस जरुरी रहेको बताए । दाहालले आफ्नो पार्टीले अहिलेको अवस्थामा संघीयतालाई संस्थागत गर्दै वलियो बनाउने नीति भएकाले संस्थागत रुपमा आफू खारेज गर्ने लाईनमा टिप्पणी नगरे पनि संघीयताको सवालमा वहस, छलफल वा जनमतको सर्वेक्षण गर्ने हो भने आम जनता संघीयताको विपक्षमा रहेको स्वीकार गरे ।
नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि झपेन्द्रश्वर भुसालले गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियता र संघीयता भन्ने चार शब्द २०७२ को संबिधानको सार र मूलभूत शब्द भएको तर ति मध्येको संघीयता भन्ने सन्दर्भलाई दही मथेर निस्किएको नौनीका चार डल्लामध्ये झिँगा परेको एक डल्लाको रुपमा चित्रित गरे ।
नेपाल समाजवादी पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले अन्तरक्रियाका विषयका सन्दर्भमा भन्दा फरक धारणा प्रस्तुत गरे । गौतमले सानो पार्टी र दलका विचार राष्ट्रियताका सवालमा महत्वपूर्ण हुने भएकाले ठूला दलले समेत राष्ट्र र जनताका सवालमा ध्यान दिनुपर्ने प्रतिक्रिया राखे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिव गुणाखर काफ्लेले भने ब्यानरमा लेखिएको राष्ट्रियताको रक्षा बाहेक अन्तरक्रियाका शिर्षकमा राखिएका अन्य विषयमा फरक मत राखे । उनले आफ्नो पार्टी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता नै खारेज गर्नुपर्नेमा दृढ रहेकोले संरचना परिवर्तनका लागि बहस जरुरी रहेको भनाई राखे ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष शालिकराम भटराईले जसरी पञ्चायतकालिन समयकै क्रममा बहुदल ल्याउने तयारीको परिवर्तनको भ्रुण तयार भयो त्यसरी नै राजनैतिक घटनाक्रमको भ्रुण विकास भैरहेने प्राकृतिक नियम भएकाले यो विषयलाई चौतर्फी वहसका रुपमा चलाउनुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले ब्यवहारिक र कार्यान्वयनका हिसावले प्रदेश सरकार निकम्मा रहेको टिप्पणी गरे । उनले संघ र स्थानीय सरकार बाहेक थप अन्य सरकार नेपालमा नचाहिएको जिकिर गरे ।
आयोजक राष्ट्रिय जनमोर्चाका नवलपुर जिल्ला अध्यक्ष दीपक पाण्डेले केही रजनैतिक दलले पुनः राजतन्त्र फर्काउने भन्ने आशयका टिप्पणी पनि उठेको प्रसंगमा गणतन्त्र संस्थागत भैसकेको र र वलियो बन्दै गएकोले ब्यक्तिप्रधान ब्यवस्थाको पक्षमा जनमत नरहेको दावी गरे ।
अन्तरक्रिया कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठान नवलपुर शाखाका अध्यक्ष धर्म केसी, अन्टुकका महासचिव शालिकराम सापकोटा तथा सहभागीहरुले समेत आफ्ना प्रतिक्रिया राखेका थिए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram