खगेन्द्र पराजुली,
कावासोती, माघ २८ ।
कावासोतीमा आज शनिवार सुरु भएको पाँचौ मेयर कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १२ ले विजयी सुरुवात गरेको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुल भन्ने आदर्श वाक्यका साथ कावासोती नगरपालिका वडा नं. ४ चिलाहास्थित सिसौघारी खेल मैदानमा सुरु भएको प्रतियोगितामा १२ ले १६ लाई १–० गोल अन्तरले हरायो ।
६५ औ मिनेटमा सन्तोष महतोले गरेको एक गोल नै निर्णयक गोल बन्न पुग्यो । आजको खेलमा म्यान अफ द म्याच वडा नं. १२ का खेलाडी किरण नेपाली भए ।
भोलि आइतवार पहिलो खेल वडा नं. १ र ११ तथा दोस्रो खेल १३ र १५ बीच हुने तालिका छ ।
खेल अगाडी भएको प्रतियोगिताको औपचारिक उद्घाटन प्रतिनिधि सभाका पूर्व सदस्य तिलक महतले गरेका थिए । नगर प्रमुख विष्णुप्रसाद भुसालको अध्यक्ष्यता, वडा नं. ४ वडाध्यक्ष नारायण लोहनीको स्वागतबाट सुरु भएको औपचारिक समारोहको सञ्चालन सह आयोजक नवज्योति युवा क्लवका अध्यक्ष शुसिल पौडेलले गरेका थिए ।
उद्घाटन समारोहमा नगर उपप्रमुख फूलकुमारी थनेत, प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डे, वडा अध्यक्षहरु खेलकुद विकास समितका अध्यक्ष सेतमान पुन लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कावासोती नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कावासोती नगरपालिकाका १७ वटै वडाबाट १७ समूहले भाग लिएका छन् ।
प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः ८० हजार र ५० हजार रुपैया राशी पुरस्कार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सेमिफाइनलमा पुगेका तर फाईनल यात्रामा रोकिएका दुई टिमले प्रोत्साहन स्वरुप १५ हजार रुपैंया राशी पुरस्कार ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिता फागुन ९ गतेसम्म चल्नेछ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली