logo bikalpa
१६ आश्विन २०८०, मंगलवार
१६ आश्विन २०८०, मंगलवार

लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर को प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२८ माघ २०७९, शनिबार
Share it

पूर्णप्रसाद शर्मा, काठमाडौं, चैत्र २६

लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर को प्रथम ऐतिहासिक अधिवेशन हिजो शनिवार काठमाडौंमा सम्पन्न भएको छ । अधिवेशनले डिष्ट्रिक ३२५ आरका प्रथम भाईस डिष्ट्रिक गर्भनर आर एस महतोलाई डिष्ट्रिक गर्भनरका रुपमा निर्वाचित गरेको हो । निर्वाचन समितिका संयोजक पुर्व डिष्ट्रिक गर्भनर डिके ढुङ्गानाका अनुसार प्रथम भाईस गर्भनरमा हालका द्धितिय भाईस डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपाने र द्धितिय भाईस गर्भनर पदमा लायन नवराज सापकोटा निर्वाचित हुनुभएको हो ।
अधिवेशनको उद्घाटन लायन्स अन्तराष्ट्रियका पुर्व निर्देशक लायन सञ्जय खेतानले गर्नुभएको थियो । अधिवेसन उद्घाटन समारोहमा प्रमुख अतिथिी खेतानले सामाजिक र मानविय सेवाका क्षेत्रमा अब्बल कार्यगरेका नेपाली लायन्सहरुले यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । वहाँले नेपालका १५ बटा डिष्ट्रिक मध्ये ३२५ आर धेरै सुचकमा उत्कृष्ट रहेको बताउदै आगामी दिनमा यसलाई निरन्तरता दिन उपस्थित लायनहरुलाई आग्रह गर्नुभएको थियो ।

गर्भनरमा निर्वाचित आर एस महतोले डिष्ट्रिकको सचिबमा लायन सुक कुमार लोप्चन तथा कोषाध्यक्ष पदमा सञ्जय नाथ जोशीलाई मनोनित गर्नुभएको छ । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर काठमाडौं, चितवन र नवलपुर जिल्लामा सेवाका कार्य गर्ने गर्दछ । सेवाका कार्यलाई अझ प्रभावकारी बनाउन डिष्ट्रिक ३२५ आरलाई ६ वटा क्लष्टर छुट्टाईएको छ । नवनिर्वाचित गर्भनर महतोले क्लष्टर १ को प्रमुखमा लायन माधब रिजाल, क्लष्टर २ मा लायन मधुर नेपाल, त्यसैगरी क्लष्टर ३ मा सुरज पाठक, क्लष्टर ४ मा बिनिता नेपाल, क्लष्टर ५ मा पुरन थापा मगर र क्लष्टर ६ मा मनिप्रसाद गुरुङ्गलाई मनोनित गनुभएको छ । नवनिर्वाचित गर्भनर महतोका अनुसार डिष्ट्रिकमा अन्य पदाधिकारीहरुको मनोनयन चाँहि केहि समय पछाडी गरिने छ ।

नव निर्वाचित गर्भनरको कार्यकाल १ जुलाई २०२३ बाट शुरु भई ३० जुन २०२४ मा सकिन्छ । लायन्स क्लब तथा डिष्ट्रिकहरुले कार्यकाल शुरु हुनु भन्दा सामान्यतया ३ महिना अगाडीनै निर्वाचन गर्ने प्रचलन रहेको पाईन्छ । यस्तो गर्दा निर्वाचित भएर आउने गर्भनरलाई आफ्नो कार्यकाल सर्वोकृष्ट बनाउन गृहकार्य गर्ने प्रयाप्त समय मिल्ने डिष्ट्रिकका सचिब राजेन्द्र गौतमले बताउनुुभयो ।
कार्यक्रममा मल्टिपल डिष्ट्रिक ३२५ का प्रमुख केशव पाण्डे, डिष्ट्रिकका पुर्व डिष्ट्रिक गर्भनरहरु प्रभात कुमार जोशी, डा जय हरीराज पाण्डे, रामप्रसाद भट्ट, डिष्ट्रिकका पुर्व पदाधिकारीहरु तथा ७०० भन्दा बढि लायनहरुको उपस्थिति रहेको थियो । डिष्ट्रिक ३२५ आरमा १ सय ९० क्लबमा ४ हजार ४ सय सदस्यहरु रहेका छन् । कार्यक्रम लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर का गर्भनर लायन सिद्धार्थलाल चुकेको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram