नवलपुर,माघ २९ ।
माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन नवलपुरको अध्यक्षमा दुजमान सिर्पाली चयन भएका छन् ।
शनिवार कावासोतीमा सम्पन्न छैठौ अधिवेशनले २१ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत चयन भएको संगठनका केन्द्रीय सचिव नारायण अर्यालले जानकारी दिए ।
राती अबेरसम्म चलेको बन्दसत्रले उपाध्यक्षमा दधिराम सापकोटा, सचिवमा सुन्दर खनाल र कोषाध्यक्षमा सुनिता दाहाल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा दुर्गाप्रसाद घिमिरे , सीता खनाल , पवन वि सि , भिमकुमार सिर्पाली, श्याम काफ्ले , प्रकाश शर्मा , जितनारायण महतो, सिमा सुनार, ज्योति सापकोटा समेत गरि २१ सदस्यीय जिल्ला समन्वय समिति गठन भएको जनाईएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली