logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

कुटपिटमा संलग्न दर्लामी फरार

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२९ माघ २०७९, आईतवार
Share it

विनयी त्रिवेणी, माघ २९ ।

विनयी त्रिवेणीमा कुटपिटबाट एक जना घाइते भएका छन् भने कुटपिट गरी घाइते तुल्याएका व्यक्ति फरार छन् ।

ईलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ सिजीचोकना शनिवार राती कुटपिटको घटना भएको हो ।

सोही ठाउँको बाह्रघरेका २५ वर्षीय सन्तोष पुन मगरलाई सुनटाँडी वस्ने ३० वर्षका मनोज दर्लामीले एक्कासी कुटपिट गरी घाइते बनाएको घाइते र घाइतेका साथीहरूले कार्यालयमा जानकारी गराएको प्रहरीको भनाई छ ।

जानकारी पश्चात दर्लामीलाई नियन्त्रणमा लिन पुगेको प्रहरीले उनलाई फेला पार्न नसकेको जनाएको छ ।

टाउकोमा चोट लागेको घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात् थप उपचारका लागि भरतपुर रिफर गरिएको र कुटपिटमा संलग्न फरार भएका दर्लामीको खोजतलास कार्य भइरहेको जनाइएको छ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram