logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

नवलपुर महोत्सवको डान्स आइडलको अडिसन भोलि, रत्यौलीमा समूह दर्ताको आकर्षण देखियो

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२९ माघ २०७९, आईतवार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, माघ २९ ।
सातौ नवलपुर महोत्सवको तयारी धमाधम भईराखेको छ । आयोजक नवलपुर उद्योग वाणिज्य संघ सम्वद्ध सञ्चालक समिति, महोत्सव मूल समिति, विभिन्न उपसमिति लगायतले आ–आफ्नो जिम्मेवारीका गतिविधिलाई जारी राखिराखेको संघका महासचिव एवं प्रवक्ता सागर पोख्रेलले जनाएका छन् ।
यसैबीच आज राष्ट्रिय तथा स्थानीय कलाकारहरुको संयोजन ब्यवस्थापनका सन्दर्भमा साँस्कृतिक उपसमिति र जिल्लामा उपलब्ध दोहोरी गीत प्रतिष्ठानसँग सम्वद्ध कलाकार सहितको छलफल भएको साँस्कृतिक संयोजक भेषबहादुर अधिकारीले जानकारी गराए ।
स्थानीय प्रतिभाको पहिचान गर्ने उदेश्यले राखिएको नवलपुर डान्स आइडलका लागि उत्कृष्ट १० को छनौट प्रक्रिया अन्तर्गतको अडिसन भोलि सोमवारका लागि तय भएको समेत अधिकारी बताउछन् ।
यस्तै रत्यौली प्रतियोगिताका लागि समूह दर्तासँगै र सम्पर्कमा आउने समूहहरुको उल्लेख्य रहेको जानकारी दिए ।
आजसम्म डान्स आइडलमा करीव २५ र रत्यौलीका लागि १० भन्दा वढी समुह सम्पर्कमा आइसकेका भएपनि रत्यौलीका लागि संख्या अझै बढ्ने अधिकारीले बताए ।
महोत्सव स्थलमा विभिन्न संरचना निर्माणको कार्य तिव्रताका साथ अगाडी वढिरहेको र अव दुई दिनमा सम्पूर्ण तयारी पूरा हुने अध्यक्ष बैकुण्ठप्रसाद अर्यालले बताए ।
नवलपुर महोत्सव समग्र जिल्लाकै गरिमा बोकेको महोत्सव भएकाले विशेष रुपमा जिल्ला तहका विभिन्न जातजाति र समुदायका संस्थागत प्रतिनिधिहरुसँग समन्वय भइराखेकाले शोभायात्रा सहित समुद्घाटन हुने महोत्सवमा साँस्कृतिक झाँकीहरुको उल्लेख्य सहभागिता रहने गरी तयारी गरिएको पनि अध्यक्षको भनाई छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram