logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

कावासोती मेयर कपमा आज वडा नं. १ र १५ ले निकाले जित

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२९ माघ २०७९, आईतवार
Share it

खगेन्द्र पराजुली,
नवलपुर माघ २९ ।
कावासोतीमा जारी पाँचौ मेयर कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज आइतवार भएका दुई खेलमा वडा नं. १ र १५ ले जित निकालेका छन् ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुल भन्ने आदर्श वाक्यका साथ कावासोती नगरपालिका वडा नं. ४ चिलाहास्थित सिसौघारी खेल मैदानमा सञ्चालित दोस्रो दिनको पहिलो खेलमा वडा नं. १ ले वडा नं. ११ लाई ट्राईव्रेकरमा हरायो भने दोस्रो खेलमा वडा नं. १५ ले वडा नं. १३ लाई २–० गोल अन्तरले हरायो ।
पहिलो खेलमा निर्धारित र थप समयमा गोलरहित प्रतिस्पर्धा हुँदा खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।
यस्तै दोस्रो खेलमा वडा नं. १५ का राजन महतोले ३३ मिनेटमा पहिलो गोल गरे भने बिश्व महतोले ६३ मिनेटमा अर्को एक गोल थपे ।
आजको पहिलो खेलमा वडा नं. १ का कृष्ण सुनार र दोस्रो खेलमा वडा नं. १५ का खेलाडी सुजन बोटे म्यान अफ द म्याच भए ।
भोलि सोमवार पहिलो खेल वडा नं. ३ र ८ तथा दोस्रो खेल ४ र ९ बीच हुने तालिका छ ।
कावासोती नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कावासोती नगरपालिकाका १७ वटै वडाबाट १७ समूहले भाग लिएका सहआयोजक नवज्योति युवा क्लवका अध्यक्ष सुशिल पौडेलले जनाए । शनिवार भएको उद्घाटन खेलमा १६ लाई हराउँदै १२ अर्को चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः ८० हजार र ५० हजार रुपैया राशी पुरस्कार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सेमिफाइनलमा पुगेका तर फाईनल यात्रामा रोकिएका दुई टिमले प्रोत्साहन स्वरुप १५ हजार रुपैंया राशी पुरस्कार ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिता फागुन ९ गतेसम्म चल्नेछ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram