logo bikalpa
२३ जेष्ठ २०८०, मंगलवार
२३ जेष्ठ २०८०, मंगलवार

विष सेवन गर्दा गैडाकोटका एक व्यक्ति गम्भीर

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१ फाल्गुन २०७९, सोमबार
Share it

खगेन्द्र पराजुली, गैंडाकोट, फागुन १ ।
नवलपुरमा पछिल्ला केही दिनयता विषादी सेवनका घटनामा बृद्धि भएको छ । कृषि प्रयोजनमा प्रयोग गरिने किटनाशक विषादी सेवन गरी आफैलाई प्रभावित पार्ने खालका घटनामा वृद्धि भएको पाइएको हो ।

अस्थायी प्रहरी पोष्ट वेल्डिहाका अनुसार आइतवार राती गैंडाकोट नगरपालिका वडा नं. १२ का ३५ वर्षीय एक पुरुषले तरकारी खेतीमा प्रयोग हुने लारा ९०९ विषादी सेवन गरेका हुन्।

स्थानीय यमराज महतो विष सेवनका कारण गम्भीर विरामी रहेको प्रहरीले जनाएको छ ।

दुई छोरा छोरी र एक श्रीमतीका अभिभावक महतोले किन विष सेवन गरे भन्ने विषय खुलिनसकेको प्रहरीले जनाएको छ ।

भरतपुरस्थित मनकामना अस्पतालमा यमराजको उपचार भइरहेको तर उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताल स्रोतलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram