logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

मध्यविन्दुवाट लागुऔषध सहित दुई जना पक्राउ

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१ फाल्गुन २०७९, सोमबार
Share it

खगेन्द्र पराजुली, मध्यविन्दु, फागुन १ ।
नवलपुर प्रहरीले मध्यविन्दुबाट लागुऔषध ओसार पसारमा संलग्न दुई युवकलाई पक्राउ गरेको छ। प्रहरीले नियमित गर्ने सड़क सुरक्षा चेकजाँचका क्रममा स्कुटरमा सवार दुई जनालाई लागु औषध सहित नियन्त्रणमा लिएको हो ।

चेकिङ‌का क्रममा मध्यविन्दु - १५, गडारखोलामा पश्चिमवाट पूर्वतर्फ आइरहेको बा.प्र. ०६-००१-१०१० नम्बरको स्कुटरमा सवार चितवनको कालिका नगरपालिकाका दुई युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

लागुऔषध डाइजापाम ८० एम्पुल, फेनरागन ८० एम्पुल र आईपिपीएल ८० एम्पुल सहित २७ वर्षका अनोज थिङ र २१ वर्षका सुजन तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram