खगेन्द्र पराजुली,
देवचुली, फागुन १ ।
देवचुली नगरपालिका वडा नं. १३ स्थित श्री गणेश मन्दिर ब्यवस्थापन समितिको साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । आज सोमवार मन्दिर परिसरमा भएको साधारण सभा सहितको अधिबेशनले अनिल आचार्यको अधयक्षतामा ११ सदस्यीय कार्य समिति र १२ जना आमन्त्रित सदस्य सहितको ब्यवस्थापन समिति सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा निलकुमारी अधिकारी, सचिवमा डोलराज काफ्ले, सहसचिवमा कृष्णबहादुर थापा र कोषाध्यक्षमा डालाराम न्यौपाने चयन भएका छन् ।
यस्तै सदस्यहरुमा बालकुमारी न्यौपाने, लक्ष्मी न्यौपाने, माया पौडेल, धर्मीदेवी अर्याल, गोविन्द न्यौपाने र मणीप्रसाद भुर्तेल चयन भएका निर्वाचन मण्डलले जनाएको हो ।
साधारण सभा तथा अधिबेशनको उद्घाटनका क्रममा प्रमुख अतिथि रहेका नगरप्रमुख हरिप्रसाद न्यौपानेले नगरपालिकाको केन्द्रभाग दलदलेमा रहेको मन्दिर धार्मिक, साँस्कृतिक र पर्यटकीय रुपमा महत्व बोक्न सक्ने सम्भावना रहेकाले समुदायले यसको संरक्षण र सम्वद्र्धन गर्न जोड दिनुपर्ने बताए । नगरप्रमुख न्यौपानेले मन्दिरका अधुरा काममा नगरपालिकाले गर्नुपर्ने सहयोगमा सहकार्य गर्ने प्रतिवद्धता गरे ।
उपप्रमुख पार्वता तिवारीले स्थानीयको दान–दातब्य तथा पर्यदन वोर्ड तथा स्थानीय सरकार समेतको सहयोगमा स्थापित भएको मन्दिर धार्मिक र साँस्कृतिक केन्द्रका रुपमा विकसित भएकोमा खुशी महसुस भएको बताईन् ।
उद्घाटन सत्रमा देवचुली नगरपालिकाका संस्थापक तथा पूर्व मेयर पूर्णकुमार श्रेष्ठ, वडा नं. ११ का अध्यक्ष एकदेव पौडेलले शुभकामना भनाई राखेका थिए ।
मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भानुबहादुर न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा स्वागत विश्वप्रसाद न्यौपानेले गरेका थिए भने सञ्चालन अशोकराज अधिकारीले गरेका थिए । समितिका कोषाध्यक्ष अनिल आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक / सम्पादक :- खगेन्द्र पराजुली