नवलपुर, फागुन १ ।
निजि विद्यालयको छाता संगठन प्याब्सनले कावासोतीमा दुई दिने तालिम सञ्चालन गरेको छ । नगरपालीकाभित्र रहेका निजी विद्यालयका शिक्षकको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गरेको प्याब्सनले जनाएको छ । डण्डास्थित नवलपुर एकेडेमीमा आज र भोलि चल्ने तालिममा १सय ५० शिक्षकहरुको सहभागिता रहेको छ ।
इन्टरनेश्नल टेन ह्यातेनको सहयोगमा शैक्षिक क्रियाकलापलाई प्रभावकारी वनाउने विषयमा तालिम सञ्चालन गरेको हो ।
वर्तमान समयमा विधार्थीहरुलाई कसरी सिकाई गर्ने, उनीहरुले कस्तो खालको सिकाई खोजीरहेका छन् सोको पहिचान गरि विद्यार्थीकै रुचि अनुसार सिकाई गराउने सम्वन्धमा तालिम केन्द्रीत रहने नवलपुर एकेडेमीका प्रिन्सीपल कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।
त्यस्तै भोली कावासोती नगरपालीका भित्रका निजी विधालयमा अध्ययन गर्ने विधार्थीहरुलाई समूहमा आवद्ध गराएर तालिम सञ्चालन गरिने सापकोटाले बताए ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक / सम्पादक :- खगेन्द्र पराजुली