खगेन्द्र पराजुली,
नवलपुर फागुन १ ।
कावासोतीमा जारी पाँचौ मेयर कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज सोमबार भएका दुई खेलमा वडा नं. ३ र ४ ले जित निकालेका छन् । तर आजको पहिलो खेलमा जित अभिलेखीकरण भएपनि वाहिरी खेलाडी खेलाईएको भन्दै वडा नं. ३ को टीममाथी प्रोटेष्ट परेकाले छानविनका क्रममा रहेको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने आदर्श वाक्यका साथ कावासोती नगरपालिका वडा नं. ४ चिलाहास्थित सिसौघारी खेल मैदानमा सञ्चालित तेस्रो दिनको पहिलो खेलमा वडा नं. ३ ले वडा नं. ८ लाई ३–१ गोल अन्तरले हरायो भने दोस्रो खेलमा वडा नं.४ ले वडा नं. ९ लाई २–० गोल अन्तरले हरायो ।
पहिलो खेलमा वडा नं. ३ का टंक थनेत एकलैले तीन गोल गर्दै ह्याट्रिक गरेका छन् । भने वडा नं.८ का अमृत राईले एक गोल फर्काए । तर, कावासाती ३ का एक खेलाडीमाथी प्रोटेष्ट परेकोले सो विषयमा छानविन थालिएको सह आयोजक नवज्योति युवा क्लवका अध्यक्ष सुशिल पौडेलले जानकारी दिए । यो प्रतिस्पर्धामा म्यान अफ द म्याच वडा नं. ३ का प्रकाश पुन भएका छन् ।
यस्तै दोस्रो खेलमा वडा नं.४ का विबेक महतो र निश्चल श्रेष्ठले १–१ गोल गरे । दोस्रो खेलमा म्यान अफ द म्याच कावासोती ४ का विकेक महतो घोषित भए ।
भोलि मंगलबारको पहिलो खेल वडा नं. ६ र १० तथा दोस्रो खेल ५ र १५ बीच हुने तालिका छ । बाईमा परेको वडा नं. ५ र पहिलो चरणको विजेता १५ बीच दोस्रो चरणको खेल हुनेछ ।
कावासोती नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कावासोती नगरपालिकाका १७ वटै वडाबाट १७ समूहले भाग लिएका सहआयोजक नवज्योति युवा क्लवका अध्यक्ष सुशिल पौडेलले जनाए ।
यसअघि शनिवार भएको उद्घाटन खेलमा वडा नं. १६ लाई हराउँदै वडा नं. १२, आईतवारको खेलमा वडा नं. ११ लाई वडा नं. १ ले र वडा नं.१३ लाई वडा नं.१५ ले हराउँदै अर्को चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः ८० हजार र ५० हजार रुपैया राशी पुरस्कार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सेमिफाइनलमा पुगेका तर फाईनल यात्रामा रोकिएका दुई टिमले प्रोत्साहन स्वरुप १५ हजार रुपैंया राशी पुरस्कार ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता फागुन ९ गतेसम्म चल्नेछ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली