logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

जनयुद्ध दिवसमा देवचुलीमा वृक्षरोपण

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२ फाल्गुन २०७९, मंगलवार
Share it

खगेन्द्र पराजुली, देवचुली, फागुन २ ।

नेकपा माओबादी केन्द्र देवचुलीले जनयुद्ध दिवसका अवसरमा सरसफाई तथा वृक्षरोपण गरेको छ । वडा नं. १२ स्थित शान्ति वाटीका परिसरमा पार्टीको आयोजनामा सोमबार सरसफाई र वृक्षरोपण भएको हो ।

पार्टीका नगर अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षता तथा पार्टीका केन्द्रीय सल्लाहकार ठाकुर प्रसाद चापागाईको प्रमुख आतिथ्यता रहेको थियो भने वैकल्पिक केन्द्रीय सदस्य बालकृष्ण रानाभाट लगायत प्रदेश र जिल्ला कमिटिमा रहेका एवं देवचुलीका पार्टी नेता कार्यकर्ताहरू सरसफाई र वृक्षरोपण अभियानमा सहभागी थिए।

२०७३ सालमा शान्ति वाटिकालाई शान्ति र मेलमिलापको स्मरण र प्रतिकका रूपमा सम्झिएको प्रमुख अतिथि चापागाईले बताए ।

जनयुद्धका क्रममा राज्य पक्ष र माओवादी पक्षबाट सहादत प्राप्त गरेका देवचुलीका शहिदहरूको स्मृतिमा निर्मित
शान्ति स्तम्भ सहित यस परिसरलाई अझ भौतिक तथा वातावरणीय क्षेत्रमा समेत विकास गर्दै शान्ति बाटीकाको मर्म पुष्टि गर्नुपर्ने अध्यक्ष भुसाल बताउँछन् ।

करीव ६ कट्ठा क्षेत्रफल रहेको बाटीकामा ५० वटा फूल, अशोका र कटहर जातका विरुवा रोपिएको जनाइएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram