खगेन्द्र पराजुली, नवलपुर, फागुन २ ।
मध्यविन्दु र गैंडाकोटवाट लागु औषध सहित तीन जना पक्राउ परेका छन्। प्रहरीले मध्यविन्दुको गडारखोलावाट ब्राउन सुगर सहित २ जनालाई नियन्त्रणमा लिएको हो भने गैंडाकोटवाट १ जनालाई नियन्त्रणमा लिएको हो।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसमा सवार कपिलवस्तु बाणगंगा नगरपालिकाका २३ वर्षका लक्ष्मण थारु र २५ वर्षका गोविन्द थारू २७० ग्राम ब्राउन सुगर सहित पक्राउ परेका हुन् ।
यस्तै गैंडाकोटवाट चितवनतर्फ पैदल जाँदै गरेका गैंडाकोट - २ का ३१ वर्षका दीपक वोटेलाई डाइजोपाम ४८ एम्पुल, फेनरागन ४८ एम्पुल र नुर्फिन ४८ एम्पुल लागु औषध सहित नारायणी नदी पुल नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मध्यविन्दु क्षेत्रवाट पक्राउ परेका २ जनालाई जिल्ला प्रहरी कार्यालय कावासोती र गैंडाकोटवाट पक्राउ परेका वोटेलाई ईलाका प्रहरी कार्यालय गैंडाकोटमा राखेर अनुसन्धान भैरहेको जनाइएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली