खगेन्द्र पराजुली,
नवलपुर फागुन २ ।
कावासोतीमा जारी पाँचौ मेयर कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज मंगलबार भएका दुई खेलमा वडा नं. १० र ५ ले जित निकालेका छन् ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने आदर्श वाक्यका साथ कावासोती नगरपालिका वडा नं. ४ चिलाहास्थित सिसौघारी खेल मैदानमा सञ्चालित चौथो दिनको पहिलो खेलमा वडा नं. १० ले वडा नं. ६ लाई १–० गोल अन्तरले हरायो भने दोस्रो खेलमा वडा नं.५ ले वडा नं. १५ लाई १–० गोल अन्तरले हरायो ।
पहिलो खेलमा वडा नं. १० का नविन प्रजापतिले गरेको एक गोल नै निर्णायक गोल हुन पुग्यो । पहिलो प्रतिस्पर्धामा म्यान अफ द म्याच वडा नं. १० का नविन प्रजापति भएका छन् ।
यस्तै दोस्रो खेलमा वडा नं.५ का लक्ष्मण महतोले गरेको गोल नै निर्णायक गोल बन्यो । दोस्रो खेलमा म्यान अफ द म्याच कावासोती ५ का लक्ष्मण महतो घोषित भए ।
कावासोती नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कावासोती नगरपालिकाका १७ वटै वडाबाट १७ समूहले भाग लिएका सहआयोजक नवज्योति युवा क्लवका अध्यक्ष सुशिल पौडेलले जनाए ।
भोलि बुधवारको पहिलो खेल वडा नं. ७ र १७ तथा दोस्रो खेल २ र १४ बिच हुने तालिका छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः ८० हजार र ५० हजार रुपैया राशी पुरस्कार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सेमिफाइनलमा पुगेका तर फाईनल यात्रामा रोकिएका दुई टिमले प्रोत्साहन स्वरुप १५ हजार रुपैंया राशी पुरस्कार ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता फागुन ९ गतेसम्म चल्नेछ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली