logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

कावासोती मेयर कप: बुधबारको खेलमा वडा नं. ७ र १४ विजयी

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
४ फाल्गुन २०७९, बिहीबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर फागुन ४।
कावासोतीमा जारी पाँचौ मेयर कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको बुधबार भएका दुई खेलमा वडा नं. ७ र १४ ले जित निकालेका छन् ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने आदर्श वाक्यका साथ कावासोती नगरपालिका वडा नं. ४ चिलाहास्थित सिसौघारी खेल मैदानमा सञ्चालित पाचौं दिनको पहिलो खेलमा वडा नं. ७ ले वडा नं. १७ लाई २–० गोल अन्तरले हरायो भने दोस्रो खेलमा वडा नं.१४ ले वडा नं. २ लाई २–० गोल अन्तरले हरायो ।
पहिलो खेलमा वडा नं. ७ का सुरज महतोले ६ मिनेट र हाफपछिको १०औं मिनेछमा दुई गोल गरे ।
पहिलो प्रतिस्पर्धामा म्यान अफ द म्याच वडा नं.  ४ कै सुरज महतो भएका छन् ।
यस्तै दोस्रो खेलमा वडा नं. १४ का सनम राना मगरले ४२ औं मिनेटमा र ५० औं मिनेटमा लक्ष्मण थनेतले १–१ गोल गरे ।
दोस्रो खेलमा म्यान अफ द म्याच कावासोती १४ का सनम रानामगर घोषित भए ।
बिहीवारको पहिलो खेल कावासोती ४ र १० तथा दोस्रो खेल ५ र १२ बीच हुने तालिका छ ।
कावासोती नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कावासोती नगरपालिकाका १७ वटै वडाबाट १७ समूहले भाग लिएका सहआयोजक नवज्योति युवा क्लवका अध्यक्ष सुशिल पौडेलले जनाए
प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः ८० हजार र ५० हजार रुपैया राशी पुरस्कार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सेमिफाइनलमा पुगेका तर फाईनल यात्रामा रोकिएका दुई टिमले प्रोत्साहन स्वरुप १५ हजार रुपैंया राशी पुरस्कार ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता फागुन ९ गतेसम्म चल्नेछ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram