logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

कावासोती मेयर कपमा आज वडा नं. १२ र १० विजयी

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
४ फाल्गुन २०७९, बिहीबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर फागुन ४ ।
कावासोतीमा जारी पाँचौ मेयर कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज विहिवार भएका दुई खेलमा वडा नं. १२ र १० ले जित निकालेका छन् ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने आदर्श वाक्यका साथ कावासोती नगरपालिका वडा नं. ४ चिलाहास्थित सिसौघारी खेल मैदानमा सञ्चालित छैंठौं दिनको पहिलो खेलमा वडा नं. १२ ले वडा नं. ५ लाई ट्राईब्रेकरमा हरायो भने दोस्रो खेलमा वडा नं. १० ले वडा नं. ४ लाई हरायो ।
पहिलो खेलमा म्यान अफ द म्याच वडा नं. १२ निरज भटराई भएका छन् ।
दोस्रो खेलमा म्यान अफ द म्याच वडा न. ४ विवेक महतो घोषित भए ।
भोलि शुक्रवारको पहिलो खेल कावासोती १ र १४ तथा दोस्रो खेल ७ र ३ का बीच हुने तालिका छ ।
कावासोती नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कावासोती नगरपालिकाका १७ वटै वडाबाट १७ समूहले भाग लिएका सहआयोजक नवज्योति युवा क्लवका अध्यक्ष सुशिल पौडेलले जनाए
प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः ८० हजार र ५० हजार रुपैया राशी पुरस्कार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सेमिफाइनलमा पुगेका तर फाईनल यात्रामा रोकिएका दुई टिमले प्रोत्साहन स्वरुप १५ हजार रुपैंया राशी पुरस्कार ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता फागुन ९ गतेसम्म चल्नेछ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram