logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

नवलपुर महोत्सवको मञ्चमा उक्ले कलाकार आयुष, उर्गेन र विन्दु

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
४ फाल्गुन २०७९, बिहीबार
Share it

खगेन्द्र पराजुली
नवलपुर, फागुन ४ ।
सातौ नवलपुर महोत्सवको दोस्रो दिन बिहिवार कलाकार आयुष अधिकारी, विन्दु परियार र उर्गेन दोङले साँस्कृतिक मञ्च तताए । नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नं. ८ टुवोर्ग खेल मैदानमा ११ दिनसम्म लाग्ने महोत्सवको दोस्रो दिनको अपरान्हदेखी अहिले पनि कलाकारत्रयले आफ्ना साँगितिक कोशलीहरु प्रस्तुत गरिराखेका छन् ।
मञ्च उक्लिएकी चर्चित लोक तथा आधुनिक गायिका विन्दु परियारले पर्ख पर्ख मायालु, चर्चित गायक उर्गेन दोङले लजालु आँखैमा गाजलु झन् राम्री देखिन्छ्यौ र चर्चित र्यापर आयुष अधिकारीले दे दन दनादन बोलको सांगितिक प्रस्तुति प्रदर्शन गरिरहँदा दर्शक दिर्घाका युवा–युवतीले हुटिङमार्फत कलाकारलाई हौसाएका थिए ।
गण्डकी प्रदेशका पूर्व सांसद ओमकला गौतम चालिसेको प्रमुख आतिथ्यता रहेको मञ्चीय कार्यक्रममा नवलपुर डान्स आईडलका प्रतिस्पर्धी ९ जनाले आ–आफ्नो नाच प्रदर्शन गर्दै साँस्कृतिक कार्यक्रमलाई थप रोचक बनाएका थिए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram