खगेन्द्र पराजुली, नवलपुर,फागुन ५ ।
सरस्वती नमुना मा वि हसौराको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा शुशिल पौडेल चयन भएका छन् । आज शुक्रवार नयाँ ब्यवस्थापन समिति गठन भएको विद्यालय प्रशासनले जनाएको छ ।
शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र नगर शिक्षा कार्यविधि २०७५ अनुसार ब्यवस्थापन समिति गठन भएको प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले बताए ।
नयाँ समितिको सदस्यमा घनश्याम भुर्तेल, रीता पाण्डे, शुसिला खराल भण्डारी, सकुल गुरुङ , दानबहादुर विक, चयन भएका छन् ।
यस्तै, वडाध्यक्ष नारायणप्रसाद लोहनी पदेन सदस्य , विष्णु माया गौडेल शिक्षक प्रतिनिध्रि र प्रधानाध्यापक विष्णुप्रसाद न्यौपाने सदस्य सचिवमा रहने गरी ९ सदस्यीय विद्यालय ब्यवस्थापन समिति गठन भएको हो ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली