logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

विद्युतीय व्यवसायीलाई भुम्दी टुनारमा स्वागत

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
५ फाल्गुन २०७९, शुक्रबार
Share it

पोखरा फागुन ५ ।

पोखरा इलेक्टि्रकल एसोसिएसनले नेपाल विद्युतीय व्यवसायी महासंघ को१३औं साधारणसभा एवं पाँचौं अधिवेशन बाट निर्वाचित समिती लाई शुक्रबार पोखराको पर्यटकीय गाउँ भुम्दी टुनारमा स्वागत एवं सम्मान कार्यक्रम गरेको छ ।

नेपाल विद्युतीय महासंघका अध्यक्ष रेशम देवकोटा प्रमुख अतिथी रहेको कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथी देवकोटाले नेपाल भरका जिल्ला/नगर संघलाई महासंघले सूत्रबद्ध गराउदै तरलता अभावका कारण सिर्जित समस्या, अस्थिर ब्याजदर, बजारमा उधारो नउठ्ने समस्या, बजार अभाव, ब्यापारीक क्षेत्रमा नीतिगत अस्पष्टता र सरकारी निकायको बेवास्ताले साना एवं मझौला ब्यापारी व्यावसायिक समस्याका कारण देहत्याग गर्नुपर्ने अवस्थामा पुग्नु निकै दुःखदायी भएले ब्यापारीले लिएको ऋणलाई एक अङ्कमा ल्याउन आफ्नो कार्यकालमा पहल गर्ने बताएका छन ।

कार्यक्रममा महासंघ प्रथम उपाध्यक्ष प्रेम बहादुर जिसि, तृतीय उपाध्यक्ष लेखनाथ सापकोटा लगाएत महासंघ प्रतिनिधि हरु महेन्द्र कुमार श्रेष्ठ, केशब ढकाल, राजेश गौतम, चन्द्रकान्त शर्मा जैसी विशेष अतिथी रहेको उक्त कार्यक्रममा प्रदेश सदस्य राजु भण्डारी एसोसिएसन पुर्व अध्यक्ष मुक्तिनाथ आचार्य, नवलपुर जिल्ला अध्यक्ष सुजन अधिकारी, कार्यवाहक अध्यक्ष पोस्टमान श्रेष्ठ, बिनोद कार्कि, राजेन्द्र कार्की, नीर भुजेल लगाएतले ब्यावसायका विषयमा बोलेका थिए ।

पोखरा इलेक्टि्रकल एसोसिएसनका प्रथम उपाध्यक्ष शिशिर मिश्रले उपस्थित सम्पूर्ण लाई स्वागत गरेका थिए । एसोसिएसन अध्यक्ष गिरि राज बरालको अध्यक्षतामा भएको कार्यक्रम लाई कृष्ण मणि भण्डारीले सहजीकरण गरेका थिए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram