खगेन्द्र पराजुली ।
इम्बक्स नवलपुरले कावासोती नगरस्तरीय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
कावासोती नगरपालिका वडा नं. ४ हसौराको सरस्वती नमूना माविको संयोजनमा प्रावि स्तरिय नृत्य प्रतियोगिता आज शुक्रवार आयोजना भएको थियो ।
कावासोतीका १२ विद्यालयका विद्यार्थी सहभागी रहेको प्रतियोगितामा हसौराका कुमारी प्रा वि प्रथम र सरस्वती नमुना मावि दोस्रो भए भने कावासोती ३ को शहीद स्मृति मावि र कावासोती १३ को कालिका प्रावि बाट सहभागी विद्यार्थी क्रमशः तेस्रो र सान्त्वना स्थान प्राप्त गरेका छन् । भएका छन् ।
सरस्वती नमूना माविका शिक्षक अभिभावक संघका अध्यक्ष नारायण प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंं ४ का वडा अध्यक्ष नारायणप्रसाद लोहनीको प्रमुख आतिथ्यता रहेको थियो ।
इम्बक्सका पदाधिकारी–सदस्य तथा विद्यालय शिक्षक प्रतिनिधि समेतको उपस्थितिमा प्रतियोगिता सम्पन्न भएको सरस्वती नमूना माध्यमिक विद्यालयका प्रधान्यापक विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली