खगेन्द्र पराजुली,
नवलपुर फागुन ६।
कावासोतीमा जारी पाँचौ मेयर कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज शनिवारको प्रतिस्पर्धा वडा नं. १० र १४ बीच हुदैछ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने आदर्श वाक्यका साथ कावासोती नगरपालिका वडा नं. ४ चिलाहास्थित सिसौघारी खेल मैदानमा जारी प्रतियोगितामा आज सेमिफाइनलको एक खेल मात्र हुने तालिका छ ।
बिहीवारको विजेता कावासोती १० र शुक्रवारका विजेता १४ बीचको प्रतिस्पर्धा हुने तालिका रहेको सह आयोजक नव जागृति युवा क्लवका अध्यक्ष सुशील पौडेलले जनाए ।
छैंठौं दिन शुक्रबार सम्पन्न भएका दुई खेलमा वडा नं. १४ र ३ ले जित निकालेका छन् ।
पहिलो खेलमा वडा न १४ ले वडा नं. १ लाई ३–१ गोल अन्तरले हरायो । दोस्रो खेलमा वडा नं. ३ ले वडा नं. ७ लाई ट्राईब्रेकरमा हरायो ।
कावासोती नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कावासोती नगरपालिकाका १७ वटै वडाबाट १७ समूहले भाग लिएका सहआयोजक नवज्योति युवा क्लवका अध्यक्ष सुशिल पौडेलले जनाए ।
प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः ८० हजार र ५० हजार रुपैया राशी पुरस्कार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सेमिफाइनलमा पुगेका तर फाईनल यात्रामा रोकिएका दुई टिमले प्रोत्साहन स्वरुप १५ हजार रुपैंया राशी पुरस्कार ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता फागुन ९ गतेसम्म चल्नेछ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली