खगेन्द्र पराजुली, नवलपुर, फागुन ६ ।
नवलपुरमा तातोपानीको जलनबाट ११ महिने बालक गम्भीर घाईते भएका छन् । जिल्लाको मध्यविन्दु नगरपालिका कुसुण्डेका बालक घाईते भएका हुन् ।
जित कुमारी सारुका छोरा साइमन सारु नाम गरेका बालक खेल्ने क्रममा पानी तताएको भाँडोबाट पानी पोखिएर जलन हुँदा शरीरको २५ प्रतिसत भाग प्रभावित भएको मध्यविन्दु जिल्ला अस्पताललाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
अरुणखोलामा रहेको निजी क्लिनिकमा प्राथमिक उपचारपछि मध्यविन्दु जिल्ला अस्पताल पुर्याए पनि अस्पतालले काठमाण्डौ रिफर गरेको हो ।
अहिले किर्तिपुरस्थित नेपाल वर्न सेन्टरमा उपचार भैराखेको उपचारमा गएका अभिभावकले बताएका छन् । बालकको शरीरको दाहिने भाग धेरै जलेको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली