खगेन्द्र पराजुली,
गैंडाकोट, फागुन ६ ।
मध्यरातमा शंकास्पद हर्कतमा संलग्न २ जनालाई गैंडाकोट प्रहरीले नियन्त्रणमा लिएको छ भने फररर एक जनाको खोज तलास भैरहेको प्रहरीले जनाएको छ ।
नवलपुरको गैंडाकोट ४ काँग्रेसचोकमा रहेको एन एम बी बैकको छतमा शंकास्पद गतिविधि गरिरहेका स्थानीय ३ जना युवामध्ये २ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको हो ।
शुक्रवार राती ११ वजेको समयमा प्रहरी सहायक निरीक्षक सुभाष थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले गैंडाकोट ५ का २३ बर्षीय मिलन परियार, वडा नं. ४ का २० बर्षीय अंकित कुमाललाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जनाईएको छ ।
शंकास्पद गतिविधिमा संलग्न भई भागेका गैडाकोट ५ कै २२–२३ बर्षका सुदिप ढुंगानाको खोजी भैरहेको पनि प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली