खगेन्द्र पराजुली,
नवलपुर, फागुन ६ ।
कावासोतीमा जारी सातौं नवलपुर महोत्सवमा आज शनिवार चौथो दिन दर्शक तथा अवलोकन कर्ताको भीड लागेका छ । चर्चित लोक दोहोरी गायक तथा मोडल पशुपति शर्माको प्रस्तुति हेर्न दर्शकको उल्लेख्य सहभागिता भएको हो । महोत्सव टिकट ब्यवस्थापन स्रोतका अनुसार आज ४ हजार टिकट प्रयोगकर्ता बाहेक अतिथि, बिशेष पासका पाहुना, बृद्ध–बृद्धा लगायत करीव १० हजार दर्शकले मेला अवलोकन गरेको अनुमान गरेको छ ।
लोकदोहोरीका क्षेत्रमा बालकदेखि बृद्धसम्म मन छुने गीत रचना, स्वर र अभिनय समेत गरी अधिकांशको जनजिव्रोमा घुल्ने सरल शब्दका कारण जमेका कलाकार पशुपति शर्माले स्याङ्जा जाने बाटैमा तनहुँ, मलाई अमेरिका पनि यही जस्ता सांगितिक प्रस्तुति मार्फत दर्शकलाई झुमाएका छन् ।
यस्तै, स्टेजमा आज गायिका सम्झना भण्डारी र दुर्गा सापकोटाले दर्शकलाई मनोरञ्जन गराएका छन् । आजको साँस्कृतिक गतिविधि अहिले साँझ ६ बजे समाचार तयार पार्दासम्म पनि जारी छ ।
यस्तै, भोलि फूल फूलेर पहेलै भयो बोलको गीतकी लोक गायिका सम्झना लामिछाने मगर, चरी उड्यो बादलु ठुँगेरका स्याड रोज ब्याण्डका रबि रिमाल, र्यापर आयुष अधिकारी लगायत स्थानीय कलाकारहरुको साँस्कृतिक मञ्चमा उपस्थित रहने जनाईएको छ ।
महोत्सवमा मञ्चीय साँस्कृतिक प्रदर्शन बाहेक बाल उद्यान, कृषि प्रदर्शनी, बालमैत्री सामाग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, औद्योगिक उत्पादनहरूको प्रदर्शनी सँगै कृषि र पर्यटनको सिकाइ प्रदर्शनीहरू रहेको छ । ३ गतेदेखि सुरु भएको महोत्सव कावासोती ८ स्थित टुबोर्ग खेल मैदानमा फागुन १३ गतेसम्म लाग्नेछ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली