logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

कावासोती मेयर कपः वडा नं. १४ र १२ फाईनलमा भिड्ने

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
८ फाल्गुन २०७९, सोमबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, फागुन ८ ।
कावासोतीमा जारी पाँचौ मेयर कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाईनलमा वडा नं. १४ र १२ पुगेका छन् ।
कावासोती नगरपालिका वडा नं. ४ चिलाहास्थित सिसौघारी खेल मैदानमा सोमवार भएको अन्तिम सेमिफाईनल प्रतिस्पर्धामा वडा नं. १२ ले जित निकालेसँगै शनिवारको विजेता वडा नं. १४ र वडा नं. १२ बीच फाईनल प्रतिस्पर्धा निश्चित भएको हो ।
आजको प्रतिस्पर्धामा वडा नं. १२ ले वडा नं. ३ लाई १–० गोल अन्तरले हरायो ।
उसका लागि सन्तोष महतोले खेलको ६५ औं मिनेटमा गरेको एक गोल नै फाईनल प्रवेशका लागि निर्णायक बन्यो ।
फाईनल खेल फागुन १० गते दिउँसो १ बजे हुने सहआयोजक नवज्योति युवा क्लवका अध्यक्ष सुशिल पौडेलले जानकारी दिएका छन् ।
प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः ८० हजार र ५० हजार रुपैया राशी पुरस्कार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सेमिफाइनलमा पुगेका तर फाईनल यात्रामा रोकिएका दुई टिमले प्रोत्साहन स्वरुप १५ हजार रुपैंया राशी पुरस्कार ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
कावासोती नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कावासोती नगरपालिकाका १७ वटै वडाबाट १७ समूहले भाग लिएका थिए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram