खगेन्द्र पराजुली,
नवलपुर, फागुन १८ ।
दुम्कौलीमा सडक दुर्घटना हुँदा रजहरकी एक महिलाको मृत्यु भएको छ ।
देवचुलीको दुम्कौलीमा आज विहीबार बिहान ट्रकले साइकलयात्री महिलालाई ठक्कर दिएको थियो ।
पुर्वबाट पश्चिमतर्फ आउदै गरेको एच आर ३८ टि ७७१५ नम्वरको ट्रकले पुर्व पश्चिम मुख्यमार्ग अन्र्तगत दुम्कौलीमा ठक्कर दिएको हो ।
ठक्करबाट घाईते भएकी देवचुली नगरपालीका वडा नम्वर १६ रजहरकी ५५ वर्षीया डालीमाया दमैलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रजहरले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली