logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

भोलिदेखि गैंडाकोटमा प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२० फाल्गुन २०७९, शनिबार
Share it

नवलपुर, फागुन २० ।
गैँडाकोटमा भोलीदेखी प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९ शुरु हुँदैछ । नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा गैँडाकोट उद्योग वाणिज्य संघसँगको सहकार्यमा गैँडाकोट २ स्थित नारायणी नदी किनारमा मेला गर्न लागिएको हो ।
मेलाको पूर्व सन्ध्यामा गैँडाकोटमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवकुमार कोइरालाले महोत्सव समग्र गण्डकीको आर्थिक उत्थानको लागि निजी क्षेत्रले आटेको बृहत र महत्वाकांक्षी महाअभियान रहेको बताउनुभयो । गण्डकीको कान्छो जिल्ला नवलपुर जिल्लाले सिंगो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य रहेका कारण व्यवसाय पर्वद्धनका लागि नवलपुर छनोट गरिएको उहाँले बताउनुभयो ।
सिंगो गण्डकीलाई मेलामार्फत जोड्न तथा प्रवद्र्धन गर्नका लागि गरिएको यो प्रयत्न आफैमा महत्वपूर्ण रहेको गैँडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका सह संयोजक अमृत भट्टचनले बताउनुभयो । मेलामार्फत नै नवलपुरका सबै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै त्रिवेणीधामदेखि पोखरा हुँदै मुक्तिनाथसम्मको पर्यटकीय करिडोरको प्रचार गर्ने उहाँले बताउनुभयो । उहाँले महोत्सव स्थलको व्यवस्थापनमा समेत जोड दिइएको बताउनुभयो ।
मौसमका हिसाबले अनुपयुक्त समय लागेपनि महोत्सवमा ८० हजार टिकट बिक्रि हुने आयोजकको विश्वास रहेको छ । महोत्सवमा सर्वसाधारणका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । महोत्सव उद्घाटन पूर्व भोली भृकुटिचोकदेखी शोभायात्रा गरिने गैँडाकोट उद्योग वाणिज्य संघका महासचिव छविलाल कंडेलले जानकारी दिनुभयो ।
मेलामा करिब ३ सय वटा स्टलहरु रहेका छन् । महोत्सवको सम्पूर्ण तयारीहरु सकिएको जनाउँदै संघीय सांसद डा. शशांक कोइरालाले महोत्सवको समुद्घाटन गर्ने जनाईएको छ ।
मेलाको आकर्षणका रुपमा औधोगिक तथा व्यापारमेला, हस्तकला, कृषि मेला, पुष्प मेला, अटो प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेका छन् । मेलाको थप आकर्षणतर्फ ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम र बालउद्यान पनि समावेश गरिएको छ । मेलामा अनुमानित आम्दानी रु. १ करोड ६० लाख र अनुमानित खर्च रु. १ करोड २५ लाख कटाउँदा रु. ३५ लाख बचत हुने आयोजकको अनुमान छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram