logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

वडामै पहिलोपटक बिशालटारका रामप्रसादले लगाए चैतेधान

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२१ फाल्गुन २०७९, आईतवार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, फागुन २१ ।
देवचुलीको वडा नं. ९ मा पहिलोपटक चैतेधानको रोपाई भएको छ । बिशालटारका रामप्रसाद श्रेष्ठले ठेक्कामा लिएको जग्गामा परिक्षणका लागि चैते धान रोपाइ गरेका हुन् ।
करीव १५ कट्ठा ठेक्कामा लिएर मौषम अनुसारको नियमित खेती गर्दै आएका स्थानीय कृषक श्रेष्ठले ५ कट्ठामा चैते धान रोपेका छन् ।
हिउँद तथा सुख्खा याममा पनि खोलाको पानी नहर कुलोबाट आइरहने सुविधा रहेकाले चैतेधान हुन्छ भन्ने बिश्वासमा आफूले यस क्षेत्रमै पहिलोटक चैतेधान लगाउन मन लागेको श्रेष्ठले सुनाए ।
बाँकी १० कट्ठामा बेमौसमी उत्पादनका लागि मकै लगाएका उनले मल–पानीको उचित प्रवन्ध मिलाउँदै चैते धानमा सफलता हात पार्ने बिश्वास लिएका छन् ।
वडामा मात्रै नभएर देवचुली नगरपालिकाको राजमार्गदेखि उत्तरतर्फका जमिनमै सम्भवतः पहिलोपटक चैते धान रोपाई आफ्नै वडाका कृषकले गर्न लाग्दा चैते धान खेतीलाई चासोको रुपमा हेरेको वडा नं. ९ का अध्यक्ष बलिराम सापकोटाले बताए ।
चैतेधान रोपाईको तयारी हुँदैछ भन्ने थाहा पाएपछि खेतमै पुगेका अध्यक्ष सापकोटाले धानको बीउ–ब्याड तयार पार्दाको खर्च–लगानीका र रोपाईका लागि जोताईमा लाग्ने खर्चका बारेमा चासो राखेका थिए । उनले पहिलो पटक परिक्षणका रुपमा कृषकले देखाएको चैतेधानप्रतिको लगाव र मेहनतलाई प्रोत्साहन स्वरुप मल–बीउ वा जोताई खर्चमध्ये के कति सकिन्छ वडाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
बाह्रै महिना कुलोमार्फत सिचाई सुबिधा रहेको बिशालटारको पश्चिमी क्षेत्रमा श्रेष्ठले गरेको परिक्षण सफल भएमा आगामी बर्ष चैतेधानतर्फ किसानको रुची बढ्ने र त्यसमा वडाले छुट्टै योजना र बजेट समेतको प्रवन्ध गरेर चैतेधान खेती र किसानको प्रवद्र्धन–उत्थानमा लाग्ने जनाएका छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram